दशैंअघि नै तातोपानी नाका खुल्ने आशमा व्यवसायी

  • शनिबार २४ असो २०८३ ०६:०० PM
सिन्धुपाल्चोक : नेपाल-चीनबीचको उत्तरी तातोपानी नाका पाँच सातादेखि बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका छन् भने राज्यले दैनिक करोडौँ राजस्व गुमाउँदै आएको छ।सरकारले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद गरिरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए। ‘तातोपानी नाका सञ्चालनमा ल्याउन नेपाली पक्षलाई कुनै समस्या छैन। पहिरोले अवरुद्ध भएको सडक पनि सञ्चालनमा ल्याइसकिएको छ,’ उनले भने, ‘अहिले पनि हामी तयार छौँ। चिनियाँ पक्षसँग नियमित संवाद भइरहेको छ। मलाई लाग्