नयाँदिल्लीमा व्यापक धरपकड, एकैदिन ३ हजार ५०० प्रदर्शनकारी पक्राउ

  • शनिबार २४ असो २०८३ १२:०१ PM
नयाँदिल्ली – भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन आयोगको कार्यशैली र मतदाता सूचीमा कथित अनियमितताको विरोधमा प्रदर्शन गर्न खोजेका करिब ३ हजार ५०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले शनिबार जन्तरमन्तरमा आयोजना गरेको प्रदर्शन रोक्न दिल्लीमा करिब ३८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले प्रदर्शनकारीलाई जन्तरमन्तर पुग्न नदिन विभिन्न स्थानमा कडा