काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनताको समस्यामा केन्द्रित हुने बताएकी छन् । उनले १५औँ महाधिवेशनपछि पार्टीलाई एकताबद्ध र बलियो बनाएर अघि बढाउनुपर्नेमा जोड दिएकी छन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले आगामी निर्वाचनमा जनताको विश्वास जित्न संगठनलाई केन्द्रदेखि गाउँसम्म सक्रिय बनाउनुपर्ने बताइन् ।