सुर्खेत । दशैँ, तिहार र छठ पर्वलाई सुरक्षित बनाउन कर्णाली प्रदेशमा ५ हजार ३१४ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, झैझगडा, जुवातास र कालोबजारी नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ प्रदेशका १० वटै