विराटनगर : कोशी प्रदेशसभाको नवौं अधिवेशन शनिबारबाट अन्त्य गरिएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८३ साल असोज २४ गते शनिबार राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको हो। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाले विज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन्।