काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शशांक कोइरालाले आफूहरूले तय गरेको महाधिवेशनले पार्टीलाई एकजुट बनाउने दाबी गरेका छन्।शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को प्रदेश तथा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले आगामी मंसिरमा तय भएको महाधिवेशन अत्यन्त महत्त्वपूर्ण रहेको बताएका हुन्। उक्त महाधिवेशनले पार्टीलाई एकजुट बनाउने र आगामी चुनावमा एकताबद्ध भएर उभिन बल पुर्याउने उनको भनाइ छ। कोइरालाले कांग्रेस अहिले पनि बलियो अवस्थामा रहेकाले अन्य सबै शक्ति मिले पनि यसलाई हराउन