काठमाण्डु – भारतको राजधानी नयाँदिल्लीमा मतदाता नामावलीमा अनियमितता भएको भन्दै निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्न खोज्ने विपक्षी दलका नेता तथा सयौँ प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको छ । दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्न जाने क्रममा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीका ब्यारिकेड तोडेका