काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना आजदेखि गरिने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा १४ वटा कोठामा मतगणनाको तयारी गरिएको छ । निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारसँगको बैठक सकिएपछि मतगणना सुरु गरिनेछ । मतगणना हुने कोठामा सीसीटीभी जडान गर्ने र गणनामा सहभागी हुने