काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चालाई निराधार बताएका छन् । उनले पार्टीको शीर्ष नेतृत्वबीच कुनै मनमुटाव नरहेको दाबी गरेका छन् । शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफू र पोखरेलबीच सम्बन्धमा कुनै समस्या नरहेको स्पष्ट पारेका