महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

  • शनिबार २४ असो २०८३ १०:४० AM
कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनका लागि नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) महाकाली नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दोधारा चाँदनीस्थित देवीस्थान बीओपीमा कार्यरत असई सागरराज थारु रहेका छन् । केही दिनअघि महाकाली नदीमाथिको झोलुङ्गे पुल भत्किएपछि नेपाल टेलिकमको तारसमेत चुडिएको