नेकपा (एमाले) ले पार्टीको १० प्रतिशत मनोनयन कोटाअन्तर्गत रिक्त रहेका पदमा १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकले महिलातर्फ ६ जना, पुरुषतर्फ ६ जना र अन्य दलबाट एमाले प्रवेश गरेका एक जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो। स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक