धादिङ : धादिङको गजुरी गाउँपालिका–५ गलौंदीमा पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध हुँदा यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएका छन्। सवारीसाधनको लाइन र व्यवस्थापन अस्तव्यस्त हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। यस्तो अवस्थामा ट्राफिक प्रहरी र प्रशासनले प्रभावकारी नियमन गर्न नसकेको यात्रुहरूको गुनासो छ। यात्रु श्रीराम ठाकुरका अनुसार माइक्रोबसलगायत अन्य सवारीसाधनको व्यवस्थापन फितलो छ। यात्रु लैजाने विषयमा सवारीसाधनबीच तँछाडमछाड हुने र बीच सडकमा अव्यवस्थित रूपमा सवारी रोकिँदा यात्रुले सास