काठमाडौं : आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।केजरीवाल आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूसहित जन्तरमन्तरतर्फ प्रदर्शन गरिरहेका बेला प्रहरीले उनलाई हिरासतमा लिएको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर लैजाँदै गरेको दृश्य भिडियोमा समेत देखिएको छ।घटनापछि आप नेता सौरभ भारद्वाजले सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै भनेका छन्, 'बेशर्म दिल्ली प्रहरीले आम आदमी पार्टीका राष्ट्रिय संयोजकमाथि धकेलाधकेल र दुर्व्यवहार गर्यो।'सार्वजनिक भिड