सभापति बनेपछि गगनले भने – नागरिकको विश्वास जित्ने गरी कांग्रेसलाई बदल्छौँ

  • शनिबार २४ असो २०८३ ०९:२५ AM
काठमाण्डु – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए । ‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ । यो जिम्मेवारीप्रति