काठमाण्डु – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले गलत तथा गैरकानुनी काम गर्ने व्यक्तिको जिम्मेवारी पार्टीले नलिने बताएका छन् । इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्का पक्राउ परेको सन्दर्भमा थापाको यस्तो भनाइ आएको हो । शनिबार पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले कुनै व्यक्तिले गलत