नयाँदिल्ली – भारतमा स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनको अनुमति पाउन नसकेपछि स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार र उद्योगपति मुकेश अम्बानीमाथि निशाना साँधेका छन् । मस्कले शुक्रबार राति सामाजिक सञ्जाल एक्समा अम्बानीलाई लक्षित गर्दै व्यंग्यात्मक टिप्पणी गरेका हुन् । ‘प्रिय प्रधानमन्त्री अम्बानी, स्वाभाविक रूपमा तपाईं भारतका महान् जनताको एकाधिकारवादी शोषण