काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले पार्टीको काम गर्ने शैली बदल्ने प्रतिबद्धता जनाएका हुन् । थापाले सभापतिको जिम्मेवारीलाई अधिकारका रूपमा नभई जवाफदेहिताका रूपमा लिएको बताए ।