कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • शनिबार २४ असो २०८३ ०३:०० PM
कपिलवस्तु : कपिलवस्तुमा प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बिहीबार राति करिब १२ः३० बजे कृष्णनगर नगरपालिका–२ स्थित कृष्णनगरबाट खटिएको प्रहरी टोलीले कृष्णनगर–मलंगवा अगाडि चन्द्रौटा–कृष्णनगर सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषधजस्तो देखिने पदार्थ फेला पारेको हो।प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थ ३७० मिलिग्राम, आइफोन एक्स कम्