हिमाली क्षेत्र अनेक रहस्य, रोमाञ्चक, कौतुहल र जिज्ञासाको विषय रहिआएको छ। श्वेत, कञ्चन, हृदयग्राही, र विकट हिमाल जति राम्रा देखिन्छन्, त्यति नै त्यहाँ पाइला टेक्नु खेल्नु दुरुह, कठिन र संघर्षमय छ। समुद्रसँग जोडिएका देशका मानिसले समुद्रसँग गरेको संघर्ष र अनुभूतिका साहित्य एवम् सिनेमा सिर्जना गर्छन् भने हिमालसँग जोडिएकाले पनि हिमालकै महत्त्व, हिमाली जीवन र त्यस्ता संघर्ष र सौन्दर्य पक्षलाई उजागर गर्ने किसिमका साहित्य र सिनेमा सिर्जना गर्नुपर्छ। हामीसँग पनि प्रकृतिले दिएको अपार हिमसम्पदा छ