सरकारी कामकाजको भाषामा किरात भाषा समेट्न माग गर्दै कोशी प्रदेशसभा घेराउ

  • शनिबार २४ असो २०८३ ०३:०० PM
विराटनगर : कोशी प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने प्रक्रियामा किरात भाषालाई छुटाइएको भन्दै किरात राई यायोक्खा विरोधमा उत्रिएको छ। यायोक्खाले शनिबार मोरङको कटहरीस्थित कोशी प्रदेशसभा भवनअगाडि प्रदर्शन गर्दै विधेयकमा किरात भाषालाई पनि समावेश गर्न माग गरेको हो। किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाचो राईको नेतृत्वमा भएको प्रदर्शन एवं घेराउका सहभागीले प्रदेशको भाषासम्बन्धी नीतिमा किरात भाषालाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। सरकारी कामकाजको भाषासम्बन्धी विधेयक प्