एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित

  • शनिबार २४ असो २०८३ ०८:३३ AM
काठमाण्डु – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको व्यावसायिक क्षमता विकास, पेसागत हकहित संरक्षण, प्रतिलिपि अधिकारको सुनिश्चितता तथा संस्थाको आर्थिक आत्मनिर्भरतामा जोड दिएको छ । साधारण सभामा अध्यक्ष प्रदीपराज वन्तले प्रस्तुत गरेको अध्यक्षीय प्रतिवेदनमा फोटो पत्रकारिताको व्यावसायिक विकास, फोटो पत्रकारहरूको पेसागत