कञ्चनपुर – नेपाल टेलिकमको चुँडिएको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एकजना सहायक प्रहरी निरीक्षक (असई) महाकालीमा डुबेर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलको देवीस्थान बीओपीमा कार्यरत असई सागरराज थारु महाकालीमा बगेर बेपत्ता भएका हुन् । शनिबार दोधारा चाँदनी नगरपालिका-४ बाट भीमदत्त नगरपालिका-१३ तर्फ रबर बोटमा चढेर टेलिकमको तार तान्ने क्रममा उनी बगेका हुन्