हामी इतिहासको व्याज खान आएका होइनौँ, हामी आफैँ इतिहास रच्छौँ : गगन थापा

  • शनिबार २४ असो २०८३ ०९:१५ AM
काठमाण्डु – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले कांग्रेसको नयाँ नेतृत्व इतिहासको व्याज खान आएको नभई आफैँ इतिहास रच्न आएको बताएका छन् । पार्टी महाधिवेशनबाट सभापति निर्वाचित भएपछि प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्दै सभापति थापाले भने, ‘हामी इतिहासको व्याज खान आएका होइनौँ, हामी आफैँ इतिहास रच्छौँ ।’ अब कांग्रेसले बोलेर नभई काम गरेर देखाउनुपर्ने उनले बताए