गगन थापालाई अर्जुननरसिंह केसीको सुझाव : ‘सबै पक्षलाई समेटेर पार्टी अघि बढाउनुस्’

  • शनिबार २४ असो २०८३ ०८:१८ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीका नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई दिँदै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले अत्यधिक बहुमतका साथ सभापतिमा निर्वाचित भएकोमा थापालाई बधाई दिएका हुन् । उनले थापाको विजयलाई उनको निष्ठा, सिद्धान्तप्रतिको अडान, निर्भीक साहस र जनसेवाप्रतिको समर्पणमाथि पार्टीका कार्यकर्ता तथा आम