परराष्ट्रमन्त्री स्वदेश फिर्ता

  • शनिबार २४ असो २०८३ ०१:३१ PM
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज संवाददाताहरूसँग कुरा गर्दै उनले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले एक करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिए ।  बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता दुई करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको जानकारी दिँदै मन्त्री खनालले ‘प्रि–कोप लिडर्स प्लेनरी’ मा आफूले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या जलवायु सङ्कटका परस्पर जोडिएका पक्ष भएकाले हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्यमा जोड दिएको बताए ।  कोप–३१ का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापमान वृद्धिलाई १