रौतहट । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान सुरु गरिएको छ। नगरप्रमुख रीना कुमारी साहको आह्वानमा चाडपर्वको समयमा नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। दुर्गा पूजाको विशेष अवसरमा सुरु गरिएको अभियानले नगरको सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै स्वच्छ वातावरणमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ। नगरप्रमुख साहको पहलमा सुरु भएको यस अभियानलाई स्थानीयस्तरमा सकारात्मक कार्यका रूपमा हेरिएको छ। चाडपर्वका समयमा बजार, सडक तथा सार्वजनिक स्थलमा मानिसको चहलपहल बढ्ने भएकाले सरसफाइको महत्त्व अझ बढ्ने गर्छ। यस्तो अवस्थामा नगरलाई सफा र व्यवस्थित राख्न सञ्चालन ... The post मेयर रीना साहको सराहनीय पहल : दुर्गा पूजाको अवसरमा मौलापुरमा सरसफाइ अभियान सुरु appeared first on Kalika Khabar.