नोबेल नपाएपछि ट्रम्पको आक्रोश: ‘पिल्लेलाई कसैले चिन्दैन, मैले ८ युद्ध रोकेकाले शान्ति पुरस्कार पाउनुपर्थ्यो’

  • शनिबार २४ असो २०८३ ०२:०० PM
काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक नोबेल शान्ति पुरस्कार नपाएकोमा कडा असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार नर्वेको नोबेल समितिले आफूलाई पुरस्कार नदिएर देशमाथि ‘कहिल्यै नमेटिने दाग’ लगाएको आरोप लगाउँदै ट्रम्पले उक्त निर्णयलाई लज्जास्पद र अपमानजनक भनेका छन्।आफूले विश्वका विभिन्न ८ वटा ठूला द्वन्द्व र सम्भावित युद्धहरू रोकेको दाबी गर्दै ट्रम्पले प्रत्येक युद्धका लागि छुट्टाछुट्टै गरी आठ पटक नोबेल शान्ति पुरस्कार पाउनुपर्ने जिकिर गरे।यस वर्षको नोबेल शान्ति पुरस्कार