काठमाण्डु- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा सहभागिता र नयाँ–पुराना नेताबीच सन्तुलन मिलाउन आग्रह गरेका छन् । स्थायी कमिटीको जारी बैठकमा आफू उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले पार्टी अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले