काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन्।पशुपति मित्र माध्यमिक विद्यालयको ८० औँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताएका हुन्।राष्ट्रप्रतिको जिम्मेवारीलाई हृदयङ्गम गरी सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपति