गगन–विश्वप्रकाशलाई योगेशको सुझाव : ‘जनताको विश्वास नतोड्नुहोस्’

  • शनिबार २४ असो २०८३ ०६:४४ AM
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै भट्टराईले थापा र शर्मा आशा, भरोसा र विश्वासको जगमा नेतृत्वमा आएको बताएका छन् । उनले जनताले उनीहरूमाथि गरेको अपेक्षा र विश्वासलाई कायम राख्न आग्रह