महिला उद्यमीहरूको पूँजी, कर्जा र बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’औपचारिक रूपमा सुरु गरेको छ। परम्परागत बैंकिङ प्रणालीमा घरजग्गा धितो राख्न नसकेकै कारण लगानीबाट वञ्चित भइरहेका सम्भावनायुक्त महिला उद्यमलाई प्राथमिकता दिने लक्ष्यसहित यो पहल अघि बढाइएको हो। ललितपुरस्थित द प्लाजामा शुक्रबार आयोजित कार्यक्रममा संयुक्त दिगो विकास