धनुषामा बढ्दो लागुऔषधको दुव्र्यसन, सामाजिक सञ्जालको दुरुपयोग र त्यसबाट उत्पन्न अपराध नियन्त्रण गर्न ‘जनसरोकार अभियान’ले सरकारसँग कडा कदम चाल्न माग गरेको छ । अभियानले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै शान्ति सुरक्षा सुदृढ बनाउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो । पछिल्लो समय धनुषामा लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ताहरूको संख्यामा भइरहेको वृद्धिले