भूगोलभन्दा परका तीन नक्षत्र, जो अमरलोकमा बस्छन्

  • शनिबार २४ असो २०८३ १२:०० PM
एउटा सुन्दर भूगोलमात्र नभएर चेतना, साहित्य र सांगीतिक क्रान्तिको एउटा जीवन्त उद्गमस्थल पनि हो, ओखलढुंगा। यही माटोले यस्ता दूरदर्शी र कालजयी स्रष्टाहरू जन्मायो, जसले आधुनिक नेपाली समाजको सांगीतिक, सांस्कृतिक र वैचारिक जग बसाल्न आफ्नो सिंगो जीवन आहुति दिए। तर समयको कठोर चक्र आज उनीहरूको योगदान र स्मृति इतिहासको धुलोभित्र हराउँदै गएको छ। ओखलढुंगाको इतिहासबाट सन्त ज्ञानदिल दास, आदिगायिका मेलवादेवी र रेडियोकर्मी तथा लोकगायक पाण्डव सुनुवारको नाम मेटाइदिने हो भने, नेपाली साहित्य, संगीत र जागरणको आ