हातबाट फुस्कँदै एआईको कमान

  • शनिबार २४ असो २०८३ १२:०० PM
कृत्रिम बुद्धिमत्ता (एआई) आज मानव सभ्यताको सबैभन्दा प्रभावशाली प्राविधिक उपलब्धिहरूमध्ये एक हो। चिकित्सा, शिक्षा, अन्तरिक्ष, विज्ञान, कृषि, उद्योग, प्रशासन र दैनिक जीवनमा यसको प्रयोगले विकासको गतिलाई अभूतपूर्व रूपमा तीव्र बनाएको छ। तर एआईका क्षमताहरू द्रुत गतिमा बढ्दै जाँदा, यसको दुरुपयोग र नियन्त्रणबाहिर जाने जोखिमलाई पनि उत्तिकै गम्भीरताका साथ विचार गरिनुपर्छ। सेप्टेम्बर २०२६ मा, संयुक्त राष्ट्रसंघको एक स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले चेतावनी दियो कि एआईको सुरक्षित प्रयोगका लागि ब