काठमाण्डु –त्रिशूली नदीको कटानका कारण धादिङको गलौदीमा पृथ्वी राजमार्ग भासिएपछि अवरुद्ध भएको सडक खुल्न अझै आठ घण्टा लाग्ने भएको छ । गजुरी नजिक काठमाण्डु जानेतर्फको सडक भासिएको छ । सडक विभागका अनुसार गलौदीमा त्रिशूली नदीले सडकतर्फ कटान गर्दा सडक भासिएको हो। सडकको भित्रीपट्टि स्थानीय सडक रहेकाले त्यसलाई काटेर सडक फराकिलो बनाउने (ब्याक कटिङ)को काम थालिएको