सामाजिक अभियन्ता सन्तोषी ढुंगानाद्वारा ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण

  • शनिबार २४ असो २०८३ ०४:२७ AM
नुवाकोट । सामाजिक अभियन्ता सन्तोषी ढुंगानाले बेलकोटगढी नगरपालिकाका तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी छन् । उनले करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेकी हुन् । कपडा वितरण कार्यक्रममा ढुंगानाले आफ्नो सहयोग अभियान विशुद्ध सामाजिक सेवामा केन्द्रित रहेको र