पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • शनिबार २४ असो २०८३ ०४:२२ AM
मध्य अमेरिकी राष्ट्र पानामामा शुक्रवार दिउँसो ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार दिउँसो १२:५६ बजे ४ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण सयौँ सर्वसाधारण त्रसित भई सडकमा निस्किएका छन् भने देशका विभिन्न स्थानमा सार्वजनिक सेवा प्रभावित बनेका छन् । पानामास्थित भूगर्भ विज्ञान संस्थानका अनुसार भूकम्पको केन्द्रबिन्दु आसपास शुक्रवार बेलुका ५:३०