काठमाण्डु – गृह मन्त्रालयले सुरक्षाको कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा प्रयोग भएका सुरक्षाकर्मीहरूलाई फिर्ता गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले एक सूचना जारी गर्दै कानुन तथा कार्यविधिले तोकेको व्यवस्थाबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन दिइएको हो। कार्यविधि विपरीत विभिन्न व्यक्ति