सुर्खेतका तीन स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका विभिन्न जंगलमा खोजतलास गर्दा ती बन्दुक फेला पारेको हो । इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ सान्नेघारीस्थित जंगलबाट पाँच नाल भरुवा बन्दुक बरामद