जनकपुरधाम : गत वर्ष शिक्षण पेसाबाट अवकाश पाए। गाउँका हजारौं विद्यार्थीको भविष्य बनाउन सकेकामा गर्व गर्थे। छोरा इन्जिनियर बनेकामा आफ्नो र परिवारको भविष्य सुरक्षित भएको महसुस गर्थे। तर, ६१ वर्षीय हरिनारायण यादवको सपना चकनाचुर पार्यो, भदौ १० को भोटेकोशी बाढीले। छोरालाई मात्र बाढीले बगाएन, हरिनारायणको सर्वस्व नै खोस्यो।सप्तरीको विष्णुपुर गाउँपालिका—१ खुरुरियाका हरिनारायण पेसाले शिक्षक थिए। रातदिन विद्यार्थीलाई असल नागरिक बन्न प्रेरणा दिन्थे। आफूले दुःखबाट आर्जेको कमाइलाई छोरा अजय याद