ट्रम्प-पुटिन ९० मिनेट वार्ता, रुसबाट अमेरिका र विश्व बजारमा लाखौँ टन डिजेल पठाउने सहमति

  • शनिबार २४ असो २०८३ ०२:५० AM
काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार ९० मिनेट लामो टेलिफोन वार्ता भएको छ। वार्तामा युक्रेन युद्ध, इरानसँगको कूटनीति र रुसबाट अमेरिका तथा विश्व बजारमा डिजेल आपूर्ति गर्ने विषयमा छलफल भएको छ। ट्रम्पले वार्तालाई ‘अत्यन्त सफल’ भनेका छन्। उनका अनुसार रुसले अमेरिकी तथा विश्व बजारमा इन्धनको आपूर्ति बढाउन सहमति जनाएको छ।