काठमाण्डु– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसबाट डिजेल निर्यात गर्न लगाइएको प्रतिबन्धमा अमेरिकाले छुट दिएको निर्णयको आलोचना गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमलाई ‘शक्तिशाली साझेदारको कमजोर निर्णय’ भन्दै यसलाई अन्यायपूर्ण र साझेदारीको भावनाविपरीत भएको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पले टेलिफोन वार्ता गरेर डिजेल आपूर्ति बढाउने सहमति गरेपछि जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको हो।