काठमाण्डु-मुग्लिन सडकमा बन्द भएपछि त्रिभुवन राजपथमा समयतालिका निर्धारण

  • शनिबार २४ असो २०८३ ०३:०३ AM
काठमाण्डु – पहिरोका कारण मुग्लिन–काठमाण्डु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि सवारी आवागमन व्यवस्थित गर्न समयतालिका निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । मुग्लिन–काठमाण्डु सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको हो ।