काठमाडौं : सुर्खेतको जंगलमा लुकाएर राखिएका १८ नाल भरुवा बन्दुक फेला पारिएको छ । प्रहरीका अनुसार चौकुने गाउँपालिका- ७ सान्नेघारीस्थित जंगलबाट ५ नाल, चौकुने गाउँपालिका १ धामिसेनस्थित जंगलबाट १२ नाल र बराहताल गाउँपालिका १ ज्यामिरेस्थित जंगलबाट १ नाल भरुवा बन्दुक फेला पारिएको हो । बरामद गरिएका बन्दुक कानुनी रीतपूर्वक बरामद गरी घटनाबारे थप अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।