एआईजी दाहाल सेवाबाट बर्खास्त : सुरक्षाविज्ञ भन्छन्– कमजोरी के हो ? सरकारले स्पष्ट पार्नुपर्थ्यो

  • शनिबार २४ असो २०८३ ०८:०० AM
काठमाडौं : सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरणविपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उनलाई सेवाबाट हटाउने निर्णय गरेको हो। तर, उच्च पदस्थ सुरक्षा अधिकारीलाई बर्खास्त गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रिया र पारदर्शितामाथि पूर्वप्रहरी अधिकारी तथा सुरक्षा विज्ञहरूले प्रश्न उठाएका छन्।गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले एआईजी दाहाललाई आचरणसम्बन्धी नियमहरू पटक–पटक उल्लं