२४ वर्षपछि फेरि विभाजनको मोडमा कांग्रेस, गगन–देउवा अलग बाटोमा
शनिबार २४ असो २०८३ ०१:०२ AM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन गर्दै असोज १८ मा सभापति गगन थापाले भनेका थिए, ‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ, तर उहाँ आउनुभएन ।’ थापाले देउवालाई महाधिवेशनमा ल्याउन नेताहरू पटकपटक गए पनि