काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदान मध्यराति पौने ११ बजे सम्पन्न भएको छ । तोकिएको भन्दा लामो समयसम्म मतदान प्रक्रिया जारी रहेपछि तीन पटकसम्म समय थपेर मतदान सकिएको हो । ढिलो मतदान सकिँदा सभापति पदको मतगणना पनि प्रभावित भएको छ । निर्वाचन समितिका अनुसार महाधिवेशनमा ७ हजार ३९ जना