काठमाण्डु– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीले सेयर बिक्री गर्ने प्रक्रियासम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । बोर्डले शुक्रबार जारी गरेको निर्देशनअनुसार, कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का बेला कायम आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहे बिक्रीसम्बन्धी सूचना पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई