पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि शुक्रबार साँझदेखि सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन