नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ । अबको एक घण्टामै सभापति पदको मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक प्रेम खड्काले जानकारी दिए । सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् । अन्य पदका लागि खसेको मतपत्र भने पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिनेछ ।